दफा १९
ट्रेड यूनियनको सम्मिलन
: १सं.(१) दुई वा दुईभन्दा बढी ट्रेड युनियनहरु एउटै ट्रेड यूनियनमा सम्मिलन हुन चाहेमा त्यसरी सम्मिलन हुन चाहने प्रत्येक ट्रेड यूनियनको साधारण सभाको बहुमतले सम्मिलन हुने पक्षमा मतदान गरेमा त्यस्ता ट्रेड यूनियनहरुले आपसमा सम्झौता गरी नयाँ ट्रेड यूनियन गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित नयाँ  ……….. ट्रेड यूनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले सम्मिलन भएका ट्रेड यूनियनहरुले आपसमा गरेको सम्झौताको प्रतिलिपी, त्यस्तो ट्रेड यूनियनको विधान र तोकिएको दस्तूर समेत संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।